रौतहटमा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनामा रास्वपा ले के भन्यो ?

२०८२ माघ २३ शुक्रवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा पार्टीको उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ ।

काठमाण्डौ, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा पार्टीको उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ ।

 

महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन दिएका छन् ।

 

उनले भनेका छन्- 'पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं ।'

 

बिहीबार दिउँसो रौतहट-२ बाट प्रतिनिधि सभामा रास्वपाका उमेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका-४ मठियाकी चार वर्षिया अल्फा खातुनको मृत्यु भएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार