- आज विश्व क्यान्सर दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले बुधबार देशभर विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् ।
काठमाण्डौ, २० माघ । आज विश्व क्यान्सर दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले बुधबार देशभर विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् ।
यस बर्षको विश्व क्यान्सर दिवसको नारा पृथकतामा एकता- क्यान्सर भोगाइका कथाहरु' रहेको छ । यस नाराले क्यान्सर विरुद्धको लडाइँमा व्यक्तिगत र बिरामी केन्द्रित उपचारको महत्वपूर्ण भूमिकालाई स्पष्ट गरेको छ ।
यसले प्रत्येक व्यक्तिको अलग अलग आवश्यकता, अवस्था र पहिचानअनुसार क्यान्सर उपचारलाई अनुकूलन गर्नु अत्यन्त आवश्यक रहेको कुरामा जोड दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा क्यान्सरका कारण करिब एक करोड व्यक्तिको मृत्यु भएको छ । क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।
शरीरको कोष या कोशिकाहरूको समूहको अस्वभाविक बृद्धि हुनु क्यान्सर हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा रोगको उपचार गर्न सकिन्छ ।
डब्लुएचओका अनुसार अहिले सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् ।
क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धुमपानका कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विकसित राष्ट्रमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको संगठनले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’