रिलायन्सको जियो स्टुडियोले किन्यो ओस्कार विजेता फिल्म निर्माण कम्पनि
२०८२ माघ २० मङ्गलवार
- यो सम्झौता १५० करोड भारुमा गरिएको हो । यस साझेदारी मार्फत रिलायन्सले विश्वव्यापी दर्शकहरूको लागि फिल्म र वेब सिरीज बनाउने लक्ष्य राखेको छ ।
काठमाडौँ : बलिवुडको फिल्म निर्माण कम्पनि रिलायन्सको जियो स्टुडियोले ओस्कार विजेता प्रोडक्सन हाउस सिख्या इन्टरटेनमेन्टमा को ५०.१ प्रतिशत हिस्सेदारी किनेको छ ।
यो सम्झौता १५० करोड भारुमा गरिएको हो । यस साझेदारी मार्फत रिलायन्सले विश्वव्यापी दर्शकहरूको लागि फिल्म र वेब सिरीज बनाउने लक्ष्य राखेको छ । सिख्या इन्टरटेनमेन्टले 'पिरियड: एन्ड अफ सेन्टेन्स' (सर्वश्रेष्ठ वृत्तचित्र छोटो विषय) र द एलिफन्ट व्हिस्पर्स' (सर्वश्रेष्ठ वृत्तचित्र छोटो फिल्म) को लागि ओस्कर प्राप्त गरेको छ ।
सिख्या इन्टरटेनमेन्टले धेरै राष्ट्रिय फिल्म पुरस्कारहरू पनि जितेको छ । विगत एक दशकमा, यसले द लन्चबक्स, मसान, पगलेट, कटहल और किल जस्ता फिल्महरूबाट आफ्नो लागि एक विशिष्ट प्रतिष्ठा निर्माण गरेको छ ।
त्यस्तै जियो स्टुडियोले धुरंधर र स्त्री २ जस्ता ठूला हिट फिल्महरू निर्माण गरेको छ ।
रिलायन्सले सिख्या इन्टरटेनमेन्टसँग साझेदारी गरेर, जिओको वितरण पहुँच र सिक्याको कथा कथन सीपले भारतीय सामग्रीलाई विश्वको हरेक कुनामा पुर्याउने बताएको छ ।
सिक्या इन्टरटेनमेन्टका संस्थापक गुनीत मोंगा कपूर र अचिन जैनले कथाहरूमा संस्कृति र भाषाहरू जोड्ने शक्ति मिल्ने बताएका छन् । उनीहरुले जियो स्टुडियोसँगको साझेदारीले हाम्रा कथाहरूलाई ठूलो स्तरमा लैजान र देशभरका नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्न मद्दत गर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’