हत्याको अभियोगमा संखुवासभाबाट एक जना पक्राउ

२०८२ माघ १८ आइतवार
सारांश
  • आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संखुवासभा : चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लिला प्रसाद राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । 

 

आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार