भारतले नेपाललाई निर्वाचनका लागि दियो २५० एसयूभी र डबल–क्याब पिकअप
२०८२ माघ १५ बिहीवार
- प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ: भारतले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप स्वरुप २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
विहिबार भारतका कार्यवाहक राजदूत राकेश पाण्डेले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारको अनुरोधका आधारमा भारत सरकारले आगामी निर्वाचनको तयारीका लागि सवारी साधन र अन्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरेको भारतीय दुताबासले जनाएको छ । यस्तो सहायताको पहिलो खेप गत माघ ६ गते उपलब्ध गराएको थियो र आगामी हप्ताहरुमा थप सामग्रीहरु उपलब्ध गराइने बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’