बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर

२०८२ माघ १४ बुधवार
सारांश
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बित्थडचिर गाउँपालिका, वडा नम्बर ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको ३ तले, १२ कोठे भवन निर्माणका क्रममा २६ लाख ५४ हजार ६८३ अनियमितता भएको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

काठमाडौँ : बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बित्थडचिर गाउँपालिका, वडा नम्बर ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको ३ तले, १२ कोठे भवन निर्माणका क्रममा २६ लाख ५४ हजार ६८३ अनियमितता भएको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

 

अख्तियारले विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टलाई २६ लाख ५४ हजारको बिगो माग गरेको छ भने बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र गाउँपालिकाका तत्कालीन सव-इन्जिनियर किरण भण्डारीलाई जनही २० लाख एक हजार ७७९ बिगो माग गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार