अकुत सम्पत्ति कमाएका भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियरविरुद्ध मुद्धा दायर

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यले सेवामा प्रवेश गरेको समय २०४८ सालदेखि २०८० सम्म कुल १० करोड २९ लाख ९९ हजार २२६ बराबरको सम्पत्ति आर्जन गरेको देखिएकोमा उनको वैध कमाई ३ करोड ५१ लाख ८ हजार २१० मात्र देखिएकाले ६ कार्ड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

काठमाडौँ : चितवनको भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यले सेवामा प्रवेश गरेको समय २०४८ सालदेखि २०८० सम्म कुल १० करोड २९ लाख ९९ हजार २२६ बराबरको सम्पत्ति आर्जन गरेको देखिएकोमा उनको वैध कमाई ३ करोड ५१ लाख ८ हजार २१० मात्र देखिएकाले ६ कार्ड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

 

अख्तियारले सो बराबरको रकमको बिगो माग गर्दै आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार