यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • अख्तियारले २५ थान मोबाइल, प्रहरीका तीन थान मोबाइल र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका ७ कर्मचारीका ९ थान मोबाइल नियनत्रणमा लिएको छ ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल र विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । 

 

मंगलबार लाइसेन्सको ट्रायलमा रकम असुलेको आरोपमा यातायात कार्यालयमा छापा मार्दै अख्तियारले कार्यालय प्रमुखसहित १७ कर्मचारी, तीन प्रहरी र ड्राइभिङ सेन्टरका ७ जनाको गरी कुल ३९ मोबाइल कब्जामा लिएको हो ।

 

अख्तियारले २५ थान मोबाइल, प्रहरीका तीन थान मोबाइल र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका ७ कर्मचारीका ९ थान मोबाइल नियनत्रणमा लिएको छ ।

 

लाइसेन्सको ट्रायलमा रकम असुलेको उजुरी परेपछि मंगलबार अख्तियारले छापा मारेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार