आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

२०८२ माघ १० शनिवार
सारांश
  • युनेस्कोको एक आँकडा अनुसार आज, २५ करोड बालबालिका र युवाहरू विद्यालय बाहिर छन् भने विश्वमा ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्। उनीहरू शिक्षाको अधिकारबाट अझै पनि बन्चित रहेका छन् ।

काठमाण्डौ, १० माघ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदैछ । २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरे अनुसार हरेक बर्ष जनवरी २४ मा विश्वभर शिक्षा दिवस मनाउने गरिन्छ ।

 

नेपालमा हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ । यस बर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा 'शिक्षाको सह-सिर्जनामा युवा शक्ति' भन्ने रहेको छ ।

 

यसले परिवर्तनको सक्रिय एजेन्टको रूपमा युवाहरुको भूमिकालाई बुझ्दै भविष्यका लागि तयार, समावेशी शिक्षा प्रणालीहरूको डिजाइन, कार्यान्वयन र शासनमा युवाहरूलाई प्रमुख साझेदारको रूपमा उकास्ने कुरामा केन्द्रित गरेको छ ।

 

युनेस्कोको एक आँकडा अनुसार आज, २५ करोड बालबालिका र युवाहरू विद्यालय बाहिर छन् भने विश्वमा ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्। उनीहरू शिक्षाको अधिकारबाट अझै पनि बन्चित रहेका छन् ।    

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार