विद्याकी देवी सरस्वतीको पूजा गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै

२०८२ माघ ०९ शुक्रवार
सारांश
  • विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ ।

काठमाण्डौ, ९ माघ । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ ।

 

बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।

 

यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । आजकै दिन केटाकेटीको नाककान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ ।

 

यसदिन साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तु पूजा गर्दछन् । यसदिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ ।

 

शुभकार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।

 

ऋग्वेदमा ब्रह्माणीलाई वाग्देवीका नामले चिनिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पञ्चमी बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ ।

 

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यसैगरी पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार