- आज २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैछ । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।
काठमाण्डौ, २ माघ । आज २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैछ । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।
यसबर्ष ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेबारी’ भन्ने नाराका साथ भुकम्प सुरक्षा दिवस मनाउन लागिएको छ ।
यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिदैछ । आज वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामवद्ध भई भूकम्प सुरक्षा र्यालीमा भाग लिनेछन् । वसन्तपुरबाट शुरु भएर उक्त र्याली आकाश भैरब, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्लामञ्चमा आइपुग्नेछ । र्याली पश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिनेछ ।
वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले ठुलो जनधनको ठूलो क्षति पुर्याएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’