एसएमएस पठाएर प्रदर्शन गर्न बोलाउने सेढाई पक्राउ

२०८२ पुष ३० गते बुधवार
सारांश
  • प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्ग क्षेत्रबाट सेढाईलाई पक्राउ गरेको हो ।

काठमाडौं : एसएमएसबाट अनधिकृत रूपमा सन्देश पठाएर प्रदर्शन गर्न उक्साउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । 

 

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्ग क्षेत्रबाट सेढाईलाई पक्राउ गरेको हो । 

 

उनले पुस ३० गते प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी राज्य बनाउने अभियानका लागि बलुवाटार जाऔँ भन्ने सन्देशसहितको सन्देश नेपाल टेलिकममार्फत लाखौ एसएमएस पठाएका थिए ।

 

सो एसएमएसको उजुरी टेलिकममा पनि परेपछि टेलिकमले सेवा प्रदायकबाट सन्देश पठाइएको र यसमा आफुहरु संलग्न नभएको जानकारी दिदै यस्तो सन्देश फेरी नपठाउन सचेत गराइएको बताएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार