काठमाडौंको शंखरापुर बस दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो
२०८२ पुष २४ गते विहीवार
- बुधबार चार जनाको मृत्यु भएकोमा उपचारको क्रममा विहिबार थप एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ भने अन्य २३ जनाको अहिले उपचार भइरहेको छ ।
काठमाडौँ :काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
बुधबार चार जनाको मृत्यु भएकोमा उपचारको क्रममा विहिबार थप एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ भने अन्य २३ जनाको अहिले उपचार भइरहेको छ ।
मृत्य हुनेमा नेपालगञ्ज घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ४९ बर्षकी कामना शर्मा, ताप्लेजुङ घर भई हाल बुढानीलकण्ठ बस्ने ५१ बर्षकी इन्दिरा लिम्बु, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ बर्षकी शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी वर्ष ६५ का देवेन्द्र लिम्बु र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछाने रहेका छन् ।
नेचर हाउस कम्पनीबाट पिकनिक गएर फर्किनेक्रममा बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा सडकबाट करिब सय मिटर तल खसेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’