- प्रहरी र स्थानीयवासीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको र दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
काठमाडौँ: काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित सडकमा बस दुर्घटना भएको छ । बुधबार साँझ पिकनिक खाएर साँखुतर्फ फर्कंदै गर्दा बस सडकबाट तल खसेर दुर्घटना भएको हो ।
प्रहरी र स्थानीयवासीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको र दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
बा ४ ख ८७८८ नम्बरको बसमा करिब ४० यात्रु रहेको बताइएको छ । प्रहरीले कम्तिमा ३० जना घाइते भएको र केहि अवस्था गम्भीर रहेको बताएको छ ।
उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्याइएको छ । दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’