पोखरा महानगरमा विद्युत तार भूमिगत गर्ने कार्य ५६ प्रतिशत सम्पन

२०८२ पुष १८ शुक्रवार
सारांश
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्रबैंकचोक–शहिदचोक–लेकसाईड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटर सम्मको एरियामा अहिले तीव्र गतिमा यो कार्य भइरहेको छ ।

काठमाडौँ :पोखरा महानगरपालिका क्षेत्रमा हाल नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुडृढिकरण परियोजना अन्तरगत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्रबैंकचोक–शहिदचोक–लेकसाईड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटर सम्मको एरियामा अहिले तीव्र गतिमा यो कार्य भइरहेको छ । 

 

हाल विद्युत् प्राधिकरणले गरिरहेको उक्त योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउने र पोखरालाई पोल तथा ताररहित बनाउने सन्दर्भमा सम्बन्धित सेवा प्रदायकहरूसँग नगर प्रमुख धनराज आचार्यले छलफल गरेका छन् ।

 

छलफलमा क्रममा करिब पोखरा महानगरपालिकाको २३ किमी क्षेत्रमा तार भूमिगत गर्ने प्राधिकरणको अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेट समेतलाई भूमिगत गर्ने सम्भावनाका विषयमा छलफल भएको छ । सो क्रममा नगर प्रमुख आचार्यले सेवा प्रदायकहरुलाई  यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न सुझाव दिएका छन् । 

 

पोखराको सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रतिकुल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएको भन्दै प्राधिकरणको उक्त योजनामा सामेल भई पोखरालाई ताररहित बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे ।

 

साथै बिजुली लगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तारहरू तत्काल हटाउन समेत निर्देशन दिए । यसका लागि आवश्यक सहयोग गर्न पोखरा महानगरपालिका तयार रहेको उल्लेख गर्दै उहाँले एक महिना भित्र नहटाए महानगरपालिका आफैले हटाउने समेत बताए । प्रमुख आचार्यले एक महिनाको अवधि सम्म एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न समेत निर्देशन दिएका छन् ।

 

जुलाई २०२६ सम्म सम्पन्न गर्ने गरी पोखरा महानगर क्षेत्रको २३ किमी मध्ये ५६ प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार