आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइँदै

२०८२ पुष १५ मङ्गलवार
सारांश
  • आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइँदैछ ।

काठमाण्डौ, १५ पुष । आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइँदैछ ।

 

विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो ।

 

विसं ००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ताको व्यवस्था गरेका थिए । साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त ०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो ।

 

उनका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार