प्रभु बैंकका सिइओ अशोक शेरचन रिहा

२०८२ पुष ११ शुक्रवार
सारांश
  • विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू तत्काल प्राप्त नभएपछि शेरचनलाई छोडिएको बुझिएको छ ।

काठमाडौँ: प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा रिहा भएका छन् ।

 

सरकारी वकिलको कार्यालय, काठमाडौंले इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखिएकोले धरौटीमा छाड्ने निर्णय गरेको हो ।

 

अघिल्लो पटक म्याद थप गर्न लैजाँदा विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू तत्काल प्राप्त नभएपछि शेरचनलाई छोडिएको बुझिएको छ ।

 

शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले मंसिर १४ गते  केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार