राहदानी विभागले भन्यो- ३ लाख ९६ हजार थान प्राप्त गर्यौं, पूर्ण क्षमतामा वितरण गर्छौ

२०८२ पुष ०८ मङ्गलवार
सारांश
  • विभागले ७ लाख राहदानी आपूर्तिका लागि भएको सम्झौता अन्तर्गत ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको हो ।

काठमाडौँ : राहदानी विभागले अन्तरिम अवधिका लागि ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको छ ।

विभागले ७ लाख राहदानी आपूर्तिका लागि भएको सम्झौता अन्तर्गत ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको हो ।

 

राहदानी आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वितरण गर्ने जनाएको छ । विभागले जिल्ला र इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कार्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी यस अघिकै सूचना अनुसार पठाई सकिएको र मङ्सिर १५ सम्म आवेदन दिने आवेदकहरूको राहदानी छपाई गरी यही पुस १५ भित्र विभागबाट पठाउने व्यवस्था गरिएको जनाएको छ ।

 

त्यस्तै मङ्सिर १५ गते पछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम पौष १५ पछि क्रमशः छपाई गरी पठाइने व्यवस्था मिलाइने र विदेश स्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा छपाई गरी पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

 

त्यस्तै राहदानी विभागबाट आवेदन दिन चाहने सेवाग्राहीका लागि माग अनुसार पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउने व्यवस्था मिलाइएको र साबिककै हिसाबमा सामान्यतः २ कार्य दिन भित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार