बंगलादेशमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न माग
२०८२ पुष ०८ मङ्गलवार
- बंगलादेशको अवस्थाबारे दूतावासबाट प्राप्त हुने थप जानकारीको आफूहरूले प्रतिक्षा गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
काठमाडौँ, पुस ८ (डिसेम्बर २३): बंगलादेशको पछिल्लो विकसित परिस्थितिलाई लिएर ‘जेन-जी एलायन्स फर मोनार्की’ले त्यहाँ रहेका नेपाली विद्यार्थी तथा नागरिकहरूको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
एलायन्सले मंगलबार काठमाडौँस्थित बंगलादेशी राजदूतलाई एक औपचारिक पत्र पठाउँदै बंगलादेशमा अध्ययनरत, बसोबास गरिरहेका वा कार्यरत नेपालीहरूको सुरक्षा र हितका लागि आवश्यक कदम चाल्न माग गरेको हो।
एलायन्सका प्रवक्ता सनातन रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, "बंगलादेशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरू शैक्षिक र व्यावसायिक अवसरका लागि रहेका छन् भने अन्य नागरिकहरू विभिन्न क्षेत्रमा कार्यरत छन्। बंगलादेशको पछिल्लो बदलिँदो अवस्थाले त्यहाँ रहेका विदेशी नागरिक, विशेष गरी नेपालीहरूको सुरक्षामा पर्न सक्ने सम्भावित असरप्रति हामी चिन्तित छौँ।"
एलायन्सले बंगलादेशी राजदूतावासलाई नेपाली नागरिकहरूको पूर्ण सुरक्षाको प्रत्याभूति दिन र सुरक्षाका लागि अपनाइएका उपायहरू, जारी गरिएका एडभाइजरी (सूचना), सुरक्षा प्रोटोकल र आपतकालीन समन्वय संयन्त्रबारे जानकारी गराउन समेत अनुरोध गरेको छ।
साथै, बंगलादेशमा रहेका नेपालीहरूलाई कुनै पनि समस्या परेको खण्डमा तत्काल सहयोग पुर्याउन बंगलादेशी निकायहरू र ढाकास्थित नेपाली दूतावासबीच निरन्तर र निकट समन्वय कायम गर्न पनि एलायन्सले आग्रह गरेको छ।
बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र मानवीय सिद्धान्त अनुरूप आफ्नो भूमिमा रहेका सबै बासिन्दा र आगन्तुकहरूको अधिकार र सुरक्षाको रक्षा गर्नेमा एलायन्सले विश्वास व्यक्त गरेको छ। बंगलादेशको अवस्थाबारे दूतावासबाट प्राप्त हुने थप जानकारीको आफूहरूले प्रतिक्षा गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’