डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
२०८२ पुष ०१ मङ्गलवार
- मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा बोेल्दै दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन निर्माणका विषयमा पटक–पटक आवाज उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।
काठमाडौं : नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले नेपालमा डिजिटल अधिकारका समस्या समाधान हुन नसक्नुको मुख्य कारण मल्टिस्टेकहोल्डर एप्रोच आत्मसात् गर्न नसक्नु रहेको बताएका छन् ।
मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा बोेल्दै दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन निर्माणका विषयमा पटक–पटक आवाज उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।
उनले भने,‘डिजिटल राइट्स, डिजिटल कन्फ्रेन्समा नेपालको कोर मुद्धा नै के हो भने नेपालमा जतिपनि डिजिटल राइट्सको समस्याहरु छन्, त्यो चाहे विकासको होस्, चाहे पुर्न निर्माण गर्ने कुरा होस, चाहे निजी कम्पनीलाई इनकरेज गर्ने कुरा होस, चाहे अधिकारहरुको छिनोफानोको कुरा होस् यि सबै विषयहरुमा अथवा कानून बनाउने शिलसिलाहरुमा हामीले सधैभरी उठाउँदै आएको, भन्दै आएको तर हुन नसकेको विषय नै के को भने नेपालले रियल्ली मल्टिस्टेक होल्डर अप्रोजलाई आत्मसाथ नै गर्न सकेन । यो नै दुर्भाग्य हो ।’
उनले नेपालमा डिजिटल अधिकारसम्बन्धी नीति तथा निर्णयहरू प्रायः एकपक्षीय दृष्टिकोणका आधारमा हुने गरेको बताए । जसले बुझाइमा समस्या सिर्जना गर्दै आएको पनि उनको भनाई छ ।
‘हाम्रा थुप्रै चुनौतिहरु बुझाईका समस्याहरु एक पक्षको दृश्टिकोणको आधारमा निर्णय हुने कुराहरु, एक पक्षको बुझाइमा नीति बन्ने कुराहरु दोहोरिरहेको छ । त्यसले समस्या माथि समस्या थपेको छ । जसले गर्दा हामीले एउटा डिजिटाइजेशनको सपना हासिल गर्न सकिरहेका छैनौ,’ उनले भने ।
दाहालले यस्ता अभ्यासका कारण नेपालले अपेक्षित डिजिटाइजेशनको सपना हासिल गर्न नसकेको भन्दै सबै सरोकारवालाको समान सहभागितामा आधारित नीति निर्माण आवश्यक रहेको जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।