आज राष्ट्रिय झण्डा दिवस मनाइँदै

२०८२ पुष ०१ मङ्गलवार
सारांश
  • युक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै छ ।

काठमाण्डौ, १ पुष । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै छ ।

 

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।

 

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँको बसन्तपुर डबलीमा विशेष कार्यक्रम गरेर राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।

 

१९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार