हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ
२०८२ पुष ०१ मङ्गलवार
- केन्द्रीय कारागारमा रहेका बेला २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए ।
काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।
कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेको हो ।
उनी १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको मुद्दामा पहिले पक्राउ परेका थिए । केन्द्रीय कारागारमा रहेका बेला २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनलाई आवश्यक कानुनी कारवाहीका लागि पाँचथर पठाइएको सीआईबीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’