बाह्रबिसेबाट बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको सामानसहित नियन्त्रणमा

२०८२ पुष ०१ मङ्गलवार
सारांश
  • तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी राखी ल्याउँदै गरेको सामानको बिजलविजक तथा भन्सार प्रज्ञापन पत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई समेत नियन्त्रणमा लिईएको हो ।

सिन्धुपाल्चोक : बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चाईनिज किराना सामानसहित सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–४ स्थित बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
 

सोही जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
 

तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी राखी ल्याउँदै गरेको सामानको बिजलविजक तथा भन्सार प्रज्ञापन पत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई समेत नियन्त्रणमा लिईएको हो ।
 

नियन्त्रणमा लिईएका सामानहरु स्टेशनरी, खेलकुद तथा किराना लगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मुल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख मुल्यसहित जम्मा मुल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।
 

नियन्त्रणमा लिईएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार