- त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा उत्पादन कम्पनी र वितरक कम्पनीहरूबीच देखिने विभिन्न समस्या समाधानमा महासंघले खेल्दै आएको भूमिकालाई जोड दिइयो ।
काठमाडौँ, २८ मंसिर । नेपाल वितरक महासंघले आफ्नो १७औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा उत्पादन कम्पनी र वितरक कम्पनीहरूबीच देखिने विभिन्न समस्या समाधानमा महासंघले खेल्दै आएको भूमिकालाई जोड दिइयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि रामशरण थपलियाको उपस्थितिमा सम्पन्न सो कार्यक्रमलाई महासंघका अध्यक्ष दुर्गाप्रसाद गौतमले सम्बोधन गरेका थिए । अध्यक्ष गौतमले भने, ''महासंघले मुख्य रूपमा उत्पादक र वितरक कम्पनीहरूबीचको वित्तीय तथा अन्य विविध समस्या समाधान गर्दै आएको छ ।''
उनले महासंघ हाल देशका ४७ जिल्लामा विस्तार भइसकेको जानकारी दिँदै राज्यले अझै पनि वितरक महासंघलाई कानुनी मान्यता र उचित स्थान नदिएकोप्रति गुनासो व्यक्त गरे । साथै, संस्थापन पक्षप्रति कृतज्ञता ज्ञापन गर्दै सोही मार्गदर्शनअनुसार कार्य गर्दै आएको उनले उल्लेख गरे ।
त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपाल वितरक महासंघलाई १७औँ स्थापना दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
महासंघले वितरक क्षेत्रको हकहित संरक्षण र विकासका लागि निरन्तर प्रयास गर्दै आएको कार्यक्रम प्रस्तोता एवं महासंघका महासचिव शिव खनालले बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’