कपिलवस्तुका युवा नेता टुकलाल गैरेको युवा क्लस्टरबाट एमालेको केन्द्रीय सदस्यमा दाबि

२०८२ मङ्सिर २५ विहीवार
सारांश
  • पार्टीले युवा क्लस्टरबाट नेतृत्वमा स्थान दिने भएसँगै पार्टीका युवा कार्यकर्ताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  यसैक्रममा कपिलवस्तुका एमालेका युवा नेता टुकलाल गैरेले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कपिलवस्तु : नेकपा एमालेको ११औं महाधिवेशन शनिबारदेखि शुरु हुदैछ । महाधिवेशन नजिकिदै गर्दा नेतृत्व चयनको रस्साकस्सी पनि उत्तिकै चर्किएको छ ।  पार्टी अध्यक्षमा केपी शर्मा ओलीले अझै एक कार्यकाल रहने इच्छा व्यक्त गरेपछि उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । दुवै पक्ष प्यानल बनाएर चुनावी मैदानमा जाने देखिएको छ । 

 

यसैक्रममा एमालेले यस पटक युवा क्लस्टरबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने भएको छ ।  कम्तिमा १० प्रतिशत केन्द्रिय सदस्य ४० बर्षभन्दा मुनिको उमेर समुहबाट चयन गर्ने गरी एमालेले तयारी गरेको छ । 

 

पार्टीले युवा क्लस्टरबाट नेतृत्वमा स्थान दिने भएसँगै पार्टीका युवा कार्यकर्ताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  यसैक्रममा कपिलवस्तुका एमालेका युवा नेता टुकलाल गैरेले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

अनेरास्ववियु कपिलवस्तुको पुर्व अध्यक्ष हुदै अनेरास्ववियुको पुर्व केन्द्रीय स्थायी कमिटी सदस्य सदस्यको अनुभव हासिल गरेका गैरे हाल दुई कार्यकालदेखि एमालेको कपिलवस्तु जिल्लाको सचिवालय सदस्य रहेका छन् । कपिलवस्तुमा एमालेको संगठनलाई विस्तार गर्न पटक पटकका निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेलिरहेका गैरेले अब एमालेको केन्द्रको राजनीतिमा कदम बढाउने बताएका छन् । जेनजी आन्दोलनपछि समयले पनि अब हरेक पार्टीमा युवालाई अगाडी आउन भनेको बताउदै गैरेले युवाहरुको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । अहिलेको कठिन समयमा पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने बताउने गैरेले महाधिवेशनले धरै भन्दा धेरै युवालाई समेटेर अगाडी बढ्नुपर्ने बताउछन् ।

 

एमालेले ४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेर ल्याइसकेको हुनाले केन्द्रीय कमिटीमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न महाधिवेशनको हलबाटै युवा क्लस्टर राख्ने गर्ने तयारी गरेको छ । अहिले कम्तिमा १० प्रतिशत केन्द्रीय सदस्य युवा क्लस्टरबाट हुने भनिएपनि युवाहरुले यो प्रतिशत कम्तिमा २५ प्रतिशत हुनुपर्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार