सिंहदरबार जेनजी प्रतिनिधि बाझाबाझ, सरकारसँगको सम्झौता नमान्ने एक पक्षको घोषणा

२०८२ मङ्सिर २४ बुधवार
सारांश
  • उनीहरुले विद्रोहको म्यान्डेट अनुसार सुशिला कार्की सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

काठमाडौं: नेपाल सरकार र जेनजी प्रतिनिधि दस्ताबेजमा भएको सम्झौताप्रति जेनजी समुहले नै विरोध गरेका छन् ।

 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा भएको कार्यक्रममा जेनजी प्रतिनिधिहरुले सम्झौताको विरोध गरेका हुन् । उनीहरुले चुनाव गराउन मात्र जेनजी आन्दोलन नभएको भन्दै गरिएको कार्यक्रम स्थलमा सम्झौता आफुहरुले नमान्ने बताएका छन् । उनीहरुले विद्रोहको म्यान्डेट अनुसार सुशिला कार्की सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

 

कार्यक्रममा सम्झौता कार्यक्रममा सहभागी जेनजी प्रतिनिधिहरु पक्ष विपक्षमा बाझाबाझ गरेका थिए ।  

 

प्रधानमन्त्री कार्कीले कार्यक्रमलाई सम्झौता गर्दै यो सम्झौता माओवादी आन्दोलन जस्तै यो दस्तावेज राजपत्रमा प्रकाशित हुने र यसले आन्दोलनका मागलाई व्यवस्थित गर्ने बताएकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार