भन्सार ऐनको विरोधमा आन्दोलन, फ्रेट फर्वार्डर्स एसोसिएसनले भन्यो- पेशागत अधिकार सीमित पारियो
२०८२ मङ्सिर २४ बुधवार
- एसोसियसनले अन्यायपूर्ण दण्ड जरिवाना, पेशागत अधिकार सीमित हुने व्यवस्था तथा असहज कार्य वातावरण सिर्जना गर्ने प्रावधान बारे यस संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ: नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले नेपाल सरकारले हालै जारी गरेको भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानहरुले पेशागत अधिकार, व्यवसायिक काम कारवाही तथा व्यापारिक प्रक्रियामा समन्वय र सहजताको विषयमा स्पष्ट चुनौती उत्पन्न गरेको र प्रतिकुल रुपमा प्रभावित पार्ने देखिएको बताएको छ ।
एसोसियसनले अन्यायपूर्ण दण्ड जरिवाना, पेशागत अधिकार सीमित हुने व्यवस्था तथा असहज कार्य वातावरण सिर्जना गर्ने प्रावधान बारे यस संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय अर्थतन्त्रसंग प्रत्यक्ष सरोकार राख्ने, व्यावसायिक पहिचानको संरक्षण, प्राविधिक प्रावधानहरुको पुनरावलोकन, अन्यायपूर्ण दण्ड प्रक्रियाको पुर्नविचार तथा व्यापार सुविधा नीतिसंग ऐनलाई मिलाउनु पर्ने विषयहरु तत्काल सम्बोधनगर्न समेत एसोसियसनका अध्यक्ष राजेन्द्र संग्रौलाले माग गरेका छन् ।
उनले यस क्षेत्रका न्यायोचित मागलाई सरकारले गम्भीरता पूर्वक लिई, व्यापार मैत्री नीतिको विकास र कार्यान्वयन देशको आर्थिक प्रगति संग प्रत्यक्ष सम्बन्धित भएकोले यस विषयलाई प्राथमिक्ताका साथ आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउन नेपाल सरकार, अर्थ मन्त्रालय तथा भन्सार विभाग समक्ष आग्रह गरेका छन् ।
भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै भान्सा एजेन्ट महासंघले देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेर आन्दोलनमा होमिएको छ ।
भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिहरूलाई हतोत्साहित पार्ने खालको दण्ड जरिवानाका प्रावधानले एजेन्ट पेशा व्यवसायलाई प्रत्यक्ष असर परेक उनीहरुको दाबि छ । ऐनमा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सृजना भएको भन्दै उनीहरुले मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा विरोध कार्यक्रम शुरु गरेका छन् । भन्सार एजेन्ट आन्दोलित बनेपछि प्रमुख भन्सारमा भन्सार जाँचपास अवरुद्ध बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।