काठमाडौँ महानगरभित्रका शिक्षण संस्थाका क्यान्टिन: स्वच्छता र खानाको गुणस्तरमा समस्या, दर्ता पनि छैनन्

२०८२ मङ्सिर २३ मङ्गलवार
सारांश
  • महानगरले गरेको अनुगमनका क्रममा लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालय र शंखमुलमा रहेको केएमसी स्कूलमा रहेका क्यान्टिन दर्ता नभएको पाइएको हो ।

काठमाडौँ : काठमाडौँ महानगरभित्र अनुगमन गरिएका शिक्षण संस्थाका क्यान्टिनहरु व्यवसायका रुपमा दर्ता नभएको पाइएको छ ।

 

महानगरले गरेको अनुगमनका क्रममा लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालय र शंखमुलमा रहेको केएमसी स्कूलमा रहेका क्यान्टिन दर्ता नभएको पाइएको हो । 

 

महानगरको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले खाद्य सेवाका विभिन्न क्षेत्रहरुको नियमित अनुगमन गरिरहेको छ । अनुगमनमा क्यान्टिनको स्वच्छता, खानाको गुणस्तर, भान्छा व्यवस्थापन, सामानको भण्डारणमा समस्या देखिएको छ । 

 

काठमाडौँ महानगरका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अनुगमन गरिएका क्यान्टिनको समग्र स्वच्छता अवस्था दयनीय रहेको बताएका छन् ।  शिक्षण संस्थाका व्यवस्थापकहरुले सुधार गर्छौँ भनेको तर आफैँमा नमूना हुनु पर्ने ठाउँ किन भएन प्रश्नको जवाफमा आलटाल गर्ने गरेको उनले बताएका छन् । 

 

सरसफाइ सामान्य रहेको, तयारी खाद्यवस्तु नछोपी राखेको, खाना तयार गर्ने र भाँडा माझ्ने ठाउँ सँगै साझा समस्या देखिएको र यी समस्या सुधारका लागि अनुगमन टोलीले निर्देशन दिने गरेको बस्नेतले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार