नेपाल र भारतीय सेनाबीचको 'सुर्य किरण' अभ्यासको १९औँ संस्करण सम्पन्न

२०८२ मङ्सिर २३ मङ्गलवार
सारांश
  • नेपाली सेनाका अनुसार यो अभ्यास सुर्य किरण २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ ।

काठमाडौँ: नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई मङ्सिर ९ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास 'सुर्य किरण' को १९औँ संस्करण सोमबार सम्पन्न भएको छ । 

 

नेपाली सेनाका अनुसार यो अभ्यास सुर्य किरण २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ ।

 

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यास निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेसन टिमको नेतृत्व गरी उपरथी अनुप जङ्ग थापा सहभागी भएका थिए । 

 

नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरू बिच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार