पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः ८ अर्ब ३६ करोड भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष

२०८२ मङ्सिर २२ सोमवार
सारांश
  • ८ अर्ब बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा समेत दायर गरेको छ ।

काठमाडौँ: पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब बढी भ्रष्टाचार भएको अख्तियारले निष्कर्ष निकालेको छ । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ भन्दा बढी भ्रष्टचार भएको निष्कर्ष निकालेको हो ।

 

८ अर्ब बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा समेत दायर गरेको छ ।

 

मुद्दामा अख्तियारले पूर्व पर्यटनमन्त्रीहरु रामकुमार श्रेष्ठ, पोष्टबहादुर बोगटी, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलाई विपक्षी बनाएको छ । भ्रष्टाचार मुद्दामा विपक्षी बनाइएको पूर्वमन्त्रीसमेत रहेका बोगटीको निधन भइसकेको छ ।

 

त्यस्तै, तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिव तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी लगायत ५५ जनालाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार