इजरायलमा केयरगिभरमा कामदार पठाउने भ्रमणपूर्ण सूचनाको विश्वास नगर्न विभागको आग्रह
२०८२ मङ्सिर २१ आइतवार
- सरकार तथा वैदेशिक रोजगार विभागद्वारा प्रकाशित आधिकारिक सूचनाहरू वैदेशिक रोजगार विभागको आधिकारीक वेभसाइट हेर्न आग्रह गरेको छ ।
काठमाडौं: वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरमा आकर्षक तलब सहित विभिन्न किसिमका सूचना र विज्ञापन टिकटक लगायतका समाजिक सञ्जालमा प्रशारण भएका सन्देशहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारहरु पठाउने सम्पूर्ण कार्य केवल जी टू जी प्रक्रियामार्फत मात्र हुने गर्दछ र कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई यी पदहरूका लागि विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन गर्न कुनै अधिकार नरहेको स्पष्ट गरेको छ ।
विभागले भनेको छ- 'इजरायलमा काम गर्न जानका लागि सरकार देखि सरकार (जी-टू-जी) बाहेक अर्को विकल्प नरहेकोले त्यस्ता भ्रमपूर्ण समाचार सन्देश, पोष्ट सूचनाका पछि नलाग्न र विश्वास नगर्न विभाग सबैमा अनुरोध गर्दछ । साथै यस्ता भ्रामक, झुट्टा र ठगी उद्देश्यले गरिएका क्रियाकलाप वा अवैध रूपमा कामदार पठाउने कुनै पनि व्यक्ति, समूह वा एजेन्सीमाथि कडा कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।'
साथै विभागले आवश्यक जानकारीको लागि सरकार तथा वैदेशिक रोजगार विभागद्वारा प्रकाशित आधिकारिक सूचनाहरू वैदेशिक रोजगार विभागको आधिकारीक वेभसाइट हेर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।