'कोशी एक्सिलेन्स अवार्ड–२०२६' सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया
२०८२ मंसिर २०, शनिवार
- उनले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशका लागि अत्यन्त महत्त्वपूर्ण बनाउने लक्ष्यसहित सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
इटहरी: नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टर्नमा आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा फाउन्डेसनका प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग अन्तरक्रिया गरेको छ ।
फाउन्डेसनको इटहरीस्थित कार्यालयमा अनौपचारिक छलफलको आयोजना गरिएको थियो ।
सो क्रममा प्रमुख सल्लाहकार तथा पूर्व गर्भनर अधिकारीले कोशी प्रदेशका लागि यस्तो स्तरको अवार्ड आयोजना गर्नु आफैँमा उत्कृष्ट काम भएको टिप्पणी गरे ।
उनले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशका लागि अत्यन्त महत्त्वपूर्ण बनाउने लक्ष्यसहित सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, अवार्डका इभेन्ट म्यानेजर सन्तोष धमलाले गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमलाई उत्कृष्ट बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए । उनले इभेन्टमा कुनै पनि कमी हुन नदिन आवश्यक सबै क्षेत्र समेटेर तयारी भइरहेको जानकारी दिए ।
फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले अवार्डका लागि अहिलेसम्म भएका तयारी र प्रगतिबारे जानकारी गराए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।