प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

१८ मार्ग, २०८२, बिहिवार
सारांश
  • बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी छन् ।

 

प्रधानमन्त्री कार्कीले शुक्रबार ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरु सहभागी हुने गरि बैठक बोलाएकी हुन् ।

 

बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ ।

 

स्रोतका अनुसार पाँच प्रमुख दललाई मात्र बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् ।

 

प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी  छन्।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार