रामेछापमा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया महिलाको मृत्यु
२०८२ मङ्सिर १३ शनिवार
- घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका–७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ ।
रामेछाप: रामेछापको मन्थली नगरपालिका–९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ। घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए ।
घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका–७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ । गला फूटेको र शरीरका विभिन्न भागमा गम्भीर चोटसहित शव भेटिएको वडा सदस्य तामाङले बताए ।
उनका अनुसार घटना स्थल तामाङको गोठ रहेको पिपलडाँडाबाट करिब १०० मिटर दूरीमा पर्छ। शुक्रवार साँझ गोठमा जाँदै वा फर्कँदै गर्दा उनी बाघ वा चितुवाको आक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’