विदाइ समारोहमा घिसिङको प्रतिवद्धता: खेलकुदको विकासमा खरो बन्नेछु
२०८२ मङ्सिर १२ शुक्रवार
- शुक्रबार आफ्नो कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले उभिने बताए ।
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार आफ्नो कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले उभिने बताए ।
उनले भने, ‘चार वर्षमा गहिराइमा पुगेको छु र प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको छु । नेपाली खेलकुदको समयानुकुलको पुनःसंरचना, नेपाली खेल क्षेत्रको प्राथमिकता र यसका विवादहरुको निरुपणको विषयमा साथै विकासका लागि चालिनुपर्ने सबै बहसका क्षेत्रहरुमा म खरो रुपले उत्रने छु । म यो प्रतिबद्धता उद्घोष गर्न पनि यहाँ उभिएको छु ।’
यस्तै, उनले खेलकुदमा नयाँ नयाँ खुड्किलाहरु, उचाईहरु हासिल गर्नका लागि सधैँ प्रयत्न गरेको पनि बताए ।
हरेक कामको सफलताको हिस्साहरुमा आफ्नो हिस्सा खोज्ने स्वभाव नरहेको पनि उनको भनाइ छ ।
साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’