सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

२०८२ मङ्सिर १० बुधबार
सारांश
  • घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका – २ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन्।

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ।

 

घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका – २ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन्।

 

प्रहरीका अनुसार गएसाँझ करिब ७ः४० बजे सो स्थानमा उनले आफैं शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए। स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।

 

इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी टोली राति ८ः०० बजे घटनास्थल पुगेको थियो। टोलीले आगोले गम्भीर रूपमा जलेका घाइते उनलाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पु¥याएको थियो।

 

आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ः०० बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।

 

तर, उपचारकै क्रममा बुधबार राति २ः१० बजे ती पुरुषको मृत्यु भएको हो। प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत खोजी गर्दा भएको हो। मोबाईलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क भएको हो। मृतकका आफन्तहरू घटनास्थलतर्फ आईरहेका प्रहरी स्रोतले जनाएको छ।

 

उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे भन्ने बिषय हालसम्म खुलेको छैन। अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार