देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण
२०८२ मङ्सिर ०९ मङ्गलवार
- कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो।
लहान: घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ ।
कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो।
जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिएका थिए ।
उद्योग दिवसको अवसर पारेर कार्यालयले जिल्लामा उत्कृष्ट काम गर्दै आएका दर्जनौं साना उद्योग व्यवसायीहरूलाई सम्मान गरेको छ । लामो समयदेखि उद्योग व्यवसायमा संलग्न रही स्थानीय स्तरमा रोजगारी सिर्जना र उत्पादनमा योगदान पु¥याएको भन्दै उनीहरूलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख किशोरी शरण यादवले कार्यालयको वर्तमान अवस्थाबारे जानकारी गराए । उनले केही समय अघि भएको ’जेन–जी’ आन्दोलनको क्रममा कार्यालयमा तोडफोड भई भौतिक संरचनामा क्षति पुगेको स्मरण गराए ।
प्रमुख यादवले भने,आन्दोलनका क्रममा कार्यालय क्षतिग्रस्त भए तापनि हामीले सेवाग्राहीलाई मर्का नपरोस् भनेर केही अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गरिरहेका छौं ।’
सीमित स्रोत र साधनका बाबजुद पनि कर्मचारीहरूले सेवा प्रवाहमा कुनै कसर नबाँकी राखेको उनले बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदा, सुखीपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरज यादव र सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साह लगायतको विशेष उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।