मकवानपुरमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको प्रहरीको पुष्टि

२०८२ मङ्सिर ०६ आइतवार
सारांश
  • मंसिर ५ गते साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर : ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी–खुर्सानीबारी भित्रि सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भएको छ ।

 

मंसिर ५ गते साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रहरीका अनुसार बागमती नदीमा जमेको फिज (बरफ) बीचबाट गाडी पार गर्दै गर्दा पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमै भासिएको थियो ।  घटनाबारे मंसिर ६ गते दिउँसो करिब १२ बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको थियो ।

 

गाडी नदीको पानीमा डुबेको अवस्थामा फेला परेको र मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । स्थानीयको सहयोगमा डुबेको बोलेरो निकालेर सडक छेउमा राखिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार, ‘गाडी बागमती नदी पारगर्ने क्रममा पछाडिको चक्का ढुङ्गामा परेको र चिप्लिएर नदीमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।

 

घटना गम्भीर देखिए पनि मानवीय क्षति नभएकाले राहतको विषय हो । गाडीलाई बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको छ ।’

 

उनका अनुसार दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्वमा पर्छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार