कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ: उर्जा मन्त्री घिसिङ
२०८२ मङ्सिर ०५ शुक्रवार
- कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कमला पुल निर्माण हुनुनै पर्नेमा जोड दिए । उनले आज पुल निरीक्षण गरेर पुलको वास्तवीक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए ।
जनकपुर : ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् ।
कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कमला पुल निर्माण हुनुनै पर्नेमा जोड दिए । उनले आज पुल निरीक्षण गरेर पुलको वास्तवीक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए । उनले सोही पुललाई तत्काल बनाएर अगाडि बढ्न सक्ने कि पुनः निर्माणनै गर्नुपर्नेमा सबै पक्ष हेरेर विचार गरिने बताए ।
उनले नयाँ पुल बनाउनु परेपनि बनाउने तर कुनै पनि हालतमा पुल सञ्चालनमा ल्याएर छाड्ने बताए ।
मन्त्री घिसिङसहितको टोली हिजो जनकपुरधाम आएका थिए । उनी आज सिरहा पुगेर कमला पुलको निरीक्षण गर्न लागेका हुन । यस अघि उनले आजै विहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासंग जनकपुरधास्थित निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका थिए ।
सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघिनै भास्सिएको थियो । पुल नभएका कारण दुबै जिल्लावासीलाई आवत जावत गर्न करीब ९० कि.मि घुमेर जानुपर्ने बाध्यता रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।