हेटौडाको बजार क्षेत्रको सडक सीमा खाली गराउन १५ दिनको अल्टिमेटम
२०८२ मङ्सिर ०५ शुक्रवार
- विहिबार ऊर्जामन्त्री कुलमान घिसिङ, उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिमा भएको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सिमा खाली गराउने प्रकृया अगाडी बढाउने सहमति भए अनुसार आज शुक्रबार सडक डिभिजन हेटौडाले सूचना निकालेको छ ।
हेटौडा: हेटौडाको बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडी बढाउने सहमति भए अनुसार आज शुक्रबार सडक डिभिजन हेटौडाले सूचना निकालेको छ ।
विहिबार ऊर्जामन्त्री कुलमान घिसिङ, उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिमा भएको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सिमा खाली गराउने प्रकृया अगाडी बढाउने सहमति भए अनुसार आज शुक्रबार सडक डिभिजन हेटौडाले सूचना निकालेको छ ।
सूचनामा भनिएको छ:
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखा देखि दायाँ बायाँ दुवैतिर २५ / २५ मिटर कायम गरिएको छ । तोकिएको सीमा भित्र सडक विभागको स्वीकृति प्राप्त नगरि कसैले सार्वजनिक सडकसंग जोडिने गरि प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमा भित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लठ्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरा वा छाप्रो बनाउन वा सडक सीमा भित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न सार्वजनिक सड़क ऐन, २०३१ ले निषेध गरेको छ । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको अतिक्रमित सीमा खाली गराउन बिगतमा सूचना जारी गरिदै आएको छ ।
सम्मानित सर्वोच्च अदालतको मिति २०७८ / ०९ / १९ लगायत विभिन्न मितिका उत्प्रेषण आदेशहरु समेतबाट सडक डिभिजन हेटौंडा अन्तर्गत पर्ने हेटौंडा उप-महानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट २५/२५ गजको क्षेत्रमा क्षतिपूर्ति पाउने हुदैन भनि फैसला भएको एवम् मिति २०८० / ०३ / १० मा यस डिभिजनबाट सडक सीमा अतिक्रमण हटाउन प्रकाशित सूचना विरुद्ध परेको रिट निवेदनहरु समेत सम्मानित सर्वोच्च अदालतबाट खारेज भएको हुँदा रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोक देखि सामरी पुलसम्म सडक सीमा २५/२५ गज (७५ / ७५ फिट) भित्र बनेका स्थायी / अस्थायी घरटहरा तथा अन्य संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र हटाई सडक सीमा खालि गरिदिन पुनः यो सूचना प्रकाशित गरिएको छ ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको अतिक्रमित सीमा खाली गराउन विगतमा पटक पटक सूचना जारी गरिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी रहेको नै छ ।
अतः सूचनामा तोकिएको समय सिमा भित्र अतिक्रमित संरचनाहरु हटाएको नपाइएमा सडक डिभिजनद्वारा हटाइने र सो बापत लाग्ने खर्च सार्वजनिक सडक ऐन, २०३१ एवंम अन्ये प्रचलित कानून बमोजिम संबन्धितहरुबाट असूल उपर गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्
-
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित
-
राप्रपा विभाजित: नयाँ राष्ट्र्वादी शक्ति निर्माण गर्ने डा. धवलशमशेर राणाको घोषणा
-
संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी
-
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।