बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार ः ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
४ मार्ग, २०८२, बिहिवार
- स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो ।
बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा.नम्बर ६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार र अनियमिता भएको ठहर गर्दै स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको आरोपमा सम्बन्धित जिम्मेवार व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो ।
यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीको मिलेमतोमा भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ । प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको खुलेको हो ।
आव ०७५÷७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ व्यहोर्ने गरी कन्टेन्जेन्सी सहित २६ लाख १५ हजार २०६ रुपैयाँमा ०७६ जेठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
लागत अनुमानमा उल्लेखित दर रेटमा नै झुटा बिल भर्पाइका आधारमा पूरै भुक्तानी लिएको अख्तियारले जनाएको छ।लागत अनुमानबमोजिम आल्मुनियमको झ्याल ढोकाको फ्रेम र सटर सहित हुनुपर्नेमा लोकल काठको चौकोस मात्र जडान गरेको पाईएको हो । उनीहरूविरुद्ध जनही १५ लाख आठ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरिएको छ ।
गैरकानुनी लाभ लिने उद्देश्यले झुट्टा विवरण पेस गरी भुक्तानी लिएको र सार्वजनिक संरचनालाई प्रयोगविहीन बनाइ गम्भीर भ्रष्टाचारको काम गरेको हुँदा कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।