- आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ ।
काठमाण्डौ, १ मङ्सिर । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ ।
१९३९ मा चेक रिपब्लिकको प्राग विश्वविद्यालयमा नाजी आक्रमणको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइन्छ, जसको परिणामस्वरूप विद्यार्थी नेताहरूलाई मृत्युदण्ड दिइएको थियो र विश्वविद्यालयहरू बन्द गरिएका थिए । आज, यो दिनले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बहुसांस्कृतिकता र योगदानलाई सम्मान गर्दछ र उनीहरूको अध्ययन गर्ने र स्वतन्त्र रूपमा आफूलाई अभिव्यक्त गर्ने अधिकारको वकालत गर्दछ ।
हरेक वर्ष झै यस वर्षपनि 'दिगो विश्वका लागि भविष्यका नेताहरूलाई सशक्तिकरण गर्दै' भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाईँदै छ ।
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् । विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै नोभेम्बर १७ लाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउन थालिएको हो ।
तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।