- १९९६ मा संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो ।
काठमाण्डौ, ३० कार्त्तिक । आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैछ । १९९६ मा संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो । त्यसपछि, हरेक वर्ष नोभेम्बर १६ मा विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।
९० को दशकमा अफ्रिका, बाल्कन र ककेससमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो। नरसंहारका पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानवअधिकारको प्रवर्द्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।
विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ। यसले संचार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ। त्यस संगसंगै यसैका कारण असमानता र गरीबी जस्ता अन्य नयाँ चुनौतिहरू पनि उठिरहेका छन्। अहिले हामीले विभिन्न ठाउहरुमा अनैतिक राजनीतिको उदय र विभाजनको बहस देख्छौं, अहिले हामी विविधतालाई कमजोरीको स्रोतको रूपमा अस्वीकार गरिरहेका छौ । कतै दुर्व्यवहार, कतै घृणा त कतै आतंकवादी हमलाहरूले मानव समुदायलाई एकताको शुत्रमा बाध्न सकिरहेको छैन ।
यस सन्दर्भमा, सहिष्णुता, सद्भाव र सहनशीलताको कमि आधुनिकीकरणसंगै बढी रहेको बुझ्न सकिन्छ । अहिलेको समाजले यो बढिरहेको अमानविय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ ।
सहनशीलता शान्तिको लागि संघर्ष हो । आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।