अभियन्ता ई: को सुझाव- मानवतालाई केन्द्रमा राखेर सुकुम्बासीको व्यवस्थापन गर
२०८२ कार्तिक २३ आइतवार
- काठमाडौँ महानगरले सरकारी जग्गामा रहेका सुकुम्बासीलाई दिएको सात दिने अल्टिमेटम सकिएपछि उनीहरुलाई हटाउने तयारी गरिरहेका बेला सामाजिक सञ्जालमा लेख्दै अभियन्ता ई: ले भूमि आयोगले दिएको स्पष्ट कार्यादिशा अनुसार हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याएर मानवतालाई केन्द्रमा राखेर सुकम्बसी समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
काठमाडौँ : सामाजिक अभियन्ता ई: ले सुकुम्बासी समस्यालाई मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरले सरकारी जग्गामा रहेका सुकुम्बासीलाई दिएको सात दिने अल्टिमेटम सकिएपछि उनीहरुलाई हटाउने तयारी गरिरहेका बेला सामाजिक सञ्जालमा लेख्दै अभियन्ता ई: ले भूमि आयोगले दिएको स्पष्ट कार्यादिशा अनुसार हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याएर मानवतालाई केन्द्रमा राखेर सुकम्बसी समस्या समाधान गर्नुपर्ने बताएका हुन् । उनले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई सुकुमबासी समस्यालाई सक्काउने कि सुकुमबासीलाई नै सक्काउने ? प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन्:
सुकुमबासी समस्यालाई सक्काउने कि सुकुमबासीलाई नै सक्काउने? गरीबी समाप्त गर्ने कि गरीबलाई नै समाप्त गर्ने, विदेश भगाउने ? लोकरिझ्याईँबाद संस्थागत भएको फासीबाद उन्मुख वर्तमान राजनीतिक परीपेक्षमा उक्त विषयबारे धारणा पपु;लिष्ट, अपरचुनिष्ट र न्यायपक्षधर व्यक्ति, विशेष गरी नवयुवा, छुट्टयाउने अचुक लिटमस टेस्ट बनेको छ । न्यायसम्यता उन्मुख लोकतान्त्रिक मूल्यमान्यता र संस्था बलियो रहेसम्म एउटा विवेकसम्मत, न्यायसङ्गत नागरिक धारणाको ओज, पचासवटा हावा जता बग्यो त्यतै जाने गुञ्जनभन्दा भारी हुन्छ।
भूमि आयोगले स्पष्ट कार्यादिशा दिएको छ । हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याउ । विस्थापन होइन मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर । काठमाडौँमा स्थापित मानक स्वतः देशैभरी स्थापित हुने यथार्थले गर्दानै यहाँ जे हुन्छ त्यसमा न्यायिक दृष्टिकोण स्थापित गर्न महत्त्वपूर्ण छ। सरकार त्यसै हिसाबले अघि बढे विधिको शासन र सामाजिक न्याय कायम हुन्छ।
सामान्य राजनीतिक चेत भएको जोकसैले पनि चुनाव उन्मुख र जटिलताले भरिपूर्ण राजनीतिक वातावरणमा सुरक्षास्थिति खलबलाउने कार्यलाई प्रोत्साहन गर्नसक्दैन। 'सरकारको अति' विरुद्ध उठेको आन्दोलनको बलले सिर्जना गरेको परिवेशमा समाजका सीमान्तकृत तप्का माथि अन्याय गरिए त्यो बलिदान दिएकाहरू प्रतिनै अन्याय हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।