सुकुम्बासी बस्तीमा दुर्गा प्रसाई: घर भत्काउन आएमा उनीहरुको घर भत्काउन जानु !

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • उनले आफु सुकुम्बासीलाई बचाउन आएको भन्दै अतिक्रमित सरकारी जग्गा खाली गर्ने काठमाडौँ महानगरको अभियानको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले, माओवादीले सुकुम्बासीलाई प्रयोग गरेर राजनीति गरेको भन्दै बालेनले पनि स्ट्याटस लेखेर गरिबलाई नलखेट्न आग्रह गरे ।

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुकम्बासी बस्ति हटाउन आएमा उनीहरुको घरमा गएर आक्रमण गर्न उक्साएका छन् । जडिबुटीको मनोहरास्थित सुकुम्बासी बस्ति पुगेर प्रसाईले आफ्नो घर भत्काउन आएमा जाइलाग्न आग्रह गरेका हुन् ।
 

उनले आफु सुकुम्बासीलाई बचाउन आएको भन्दै अतिक्रमित सरकारी जग्गा खाली गर्ने काठमाडौँ महानगरको अभियानको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले, माओवादीले सुकुम्बासीलाई प्रयोग गरेर राजनीति गरेको भन्दै बालेनले पनि स्ट्याटस लेखेर गरिबलाई नलखेट्न आग्रह गरे ।
 

बालेनले दुई लाख परिवारलाई लखेटेको आरोप लागाउदै काठमाडौँको व्यवसाय चौपट भएको आरोप लगाए । उनले महानगरसँग बजेट छ शहर राम्रो बनाउने हो भने घर बनाउन बालेनलाई सल्लाह दिए । प्रसाईले बालेनले मकै पोलेर खानेलाई पनि बिचल्लीमा पारेको आरोप समेत लगाए । उनले मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन गर्न समेत आह्वान गरे । 
 

सुकुम्बासी बस्ती खाली गर्न महानगर र काठमाडौँ उपत्यका विकास प्राधिकरणले दिएको एक हप्ताको अल्टिमेटम शुक्रबार सकिएको छ । अल्टिमेटम सकिएसँगै आजदेखि बस्ती खाली गराउने महानगरको योजना छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार