मासु निर्यात अभिवृद्धिका लागि राँगा–भैंसी प्रवद्र्धन कार्यविधि २०८२ तयार
२०८२ कार्तिक २३ आइतवार
- मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यविधि ल्याएको हो ।
काठमाडौं :कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ ।
मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यविधि ल्याएको हो ।
मन्त्रालयको भनाइअनुसार यस कार्यविधिले गुणस्तरीय र स्वास्थ्य मापदण्ड पूरा गर्ने राँगा तथा भैंसीको उत्पादन, प्रशोधन तथा निर्यातलाई समर्थन गर्नेछ । साथै, किसानलाई उच्च उत्पादकता भएका जातको प्रवद्र्धन, वैज्ञानिक व्यवस्थापन, भन्सार तथा स्वास्थ्य परीक्षण सहजता लगायत कार्यक्रममार्फत आर्थिक अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यविधिमा पशु कल्याण, नन–एन्टीबायोटिक उत्पादन प्रणाली, किसानलाई प्रोत्साहन र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति समावेश गरिएको छ । मन्त्रालयले आगामी दिनमा मासु निर्यात अभिवृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय बजार पहिचानमा पनि सक्रियता बढाउने तयारी गरेको जनाएको छ ।
सरकारले मासु तथा पशुपालन क्षेत्रलाई कृषिमा आधारित अर्थतन्त्रको महत्वपूर्ण अंग मानेको छ । मन्त्रालयका अनुसार कार्यविधि कार्यान्वयनमा आयो भने ग्रामीण रोजगारी, पशुपालन व्यवसायमा आकर्षण, विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।