पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता छ : दिनेश डिसी
२०८२ कार्तिक २१ शुक्रबार
- ‘अहिले मिडियाहरु धेरै भइसकेका छन् । पत्रकार साथीहरुका प्रश्न पनि अनेकथरि छन् । म सयवटा विषयमा दिनभर बोल्नसक्छु तर विषय के हो भन्नेमा केन्द्रित भएर प्रश्न सोध्दा राम्रो हुन्छ ।’
काठमाडौँ, २१ कार्त्तिक । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी) ले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन् ।
‘चलचित्र पत्रकार (इतिहासदेखि वर्तमानसम्म २०८२)’ पुस्तक लोकार्पण समारोह तथा ‘चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी’ शीर्षक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले मिडियाको संख्या अत्यधिक बढेको बताए ।
उनले भने, ‘अहिले मिडियाहरु धेरै भइसकेका छन् । पत्रकार साथीहरुका प्रश्न पनि अनेकथरि छन् । म सयवटा विषयमा दिनभर बोल्नसक्छु तर विषय के हो भन्नेमा केन्द्रित भएर प्रश्न सोध्दा राम्रो हुन्छ ।’
उनले पत्रकारले कार्यक्रमको उद्देश्य र विषयअनुसार प्रश्न सोध्नु पत्रकारिताको मर्यादाका लागि आवश्यक हुने बताए । ‘एउटा विवादित कुरा आयो भने सबै समाचारको हेडलाइन त्यही हुन्छ,’ उनले भने, ‘हामी एउटै क्षेत्रका हौं । कलाकारको विवादले फाइदा हुन्छ भने ठिक छ तर यस्ता कुरा युट्युबका लागि ठिक होला, पत्रकारिताका लागि होइन ।’
अध्यक्ष दाहालले वर्तमान पत्रकारितामा प्रतिस्पर्धा तीव्र भएको उल्लेख गर्दै युवा पत्रकारलाई आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए ।
उनले भने, ‘पहिला पहिला अरु पत्रकार अलपत्रकार जस्तै हुन्थे । पत्रिकामा गयो यो त टेलिभिजनको कलाकार भन्ने, टेलिभिजनमा गए सिनेमाको भन्ने, सिनेमामा गए रेडियोको हो भन्ने, रेडियोमा गए यो पत्रकार हो र भन्ने । यस्तो अवस्था पनि रहँदो रहेछ । अहिलेको पत्रकारले जित्नुपर्छ ।’
उनले नेपाली चलचित्र पत्रकारिताको विकासका लागि व्यावसायिकता र आपसी सहकार्य अपरिहार्य रहेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।