- बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल माता-पिता बनेका छन् ।
काठमाडौँ, २१ कार्त्तिक । बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल माता-पिता बनेका छन् । क्याट्रिनाले आफ्नो पहिलो सन्तान, छोरालाई जन्म दिएकी छिन् । यो जोडीले आफ्ना फ्यानहरूसँग छोराको जन्म भएको जानकारी दिएका हुन् ।
विक्की कौशल र क्याट्रिना कैफले आफ्नो आ-आफ्नो इन्स्टाग्राममा पोस्ट साझा गर्दै यो जानकारी दिएका छन । पोस्टमा बच्चाको चित्र र ठूलो 'बेबी ब्वाय' लेखिएको ग्रीटिंग कार्ड छ । यसमा लेखिएको छ- 'हाम्रो झोला खुशीले भरिएको छ । हामी हाम्रो बच्चालाई धेरै माया र स्नेहका साथ स्वागत गर्छौं ।'
क्याट्रिना कैफले सेप्टेम्बर २३, २०२५ मा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । लामो समयसम्म डेट गरेपछि, विक्की र क्याट्रिनाले २०२१ मा विवाह बन्धनमा बाँधिएक थिए । विक्की कौशल र क्याट्रिना कैफले डिसेम्बर ९, २०२१ मा एक निजी समारोहमा विवाह गरेका थिए । विवाह समारोह राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवडामा आयोजना गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।