हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी

२०८२ कार्तिक २० बिहिवार
सारांश
  • ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।

मुगु :हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी हुँदा विद्यालयको भवन सहित शैक्षिक सामाग्री खरानी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका हुन् ।

 

ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।

 

‘विद्यालयको कार्यालय रहेको कोठामा ताल्चा नलगाएको अवस्थामा साँझको समयमा एक्कासी आगलागी भएको थाहा भएको हो । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा अहिले सम्म खुलेको छैन,‘ रोकायाले नेपाल न्युज बैंकसँग भने । ‘स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ र घट्ना कसले गरायो भन्ने बारेमा अनुसन्धान सुरु भएको छ ।’

 

आगालागीका कारण विद्यालयको कार्यालयमा राखिएका कम्प्युटर, किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत सम्पुर्ण कागजातहरू जलेर नस्ट भएको उनले जानकारी दिए ।

 

आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार