यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार

२०८२ कार्तिक १८ मङ्गलबार
सारांश
  • उनीहरुलाई मंगलबार बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट हेलिकप्टरले उद्वार गरेको दोलखा प्रहरीले जानकारी दिएको छ ।

दोलखा : दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका ४ घाईतेको उद्दार गरिएको छ । 

 

उनीहरुलाई मंगलबार बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट हेलिकप्टरले उद्वार गरेको दोलखा प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएका चार जनामध्ये दुई विदेशी र दुई नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

 

हिम पहिरामा परेका मृतक मध्ये फ्रान्सका आरोही क्यारल फुचसको पहिचान खुलेको प्रहरीले जनाएको छ । घाईतेमध्ये निमाग्याल्जेन शेर्पाको परिचय खुलेको छ ।

 

यलुङ रि हिमाल आरोहणका क्रममा हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता भएको बताइएको छ । यलुङ रि आरोहण गरिरहेको अवस्थामा सोमबार बिहान ९ बजेतिर हिम पहिरो आएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार